नवलपरासी, १५ असार : नेपाली सेनाले पश्चिम नवलपरासीको नारायणी पारी सुस्तामा पुस्तकालय भवन निर्माण गरेको छ । सेनाले स्थानीय जनता दलित आधारभूत विद्यालयमा ‘गोरख पुस्तकालय’ निर्माण गरेर हस्तान्तरण गरेको छ ।

बिज्ञापन

नेपाली सेनाको मध्य पश्चिम पृतना हेडक्वाटरअन्तर्गत २२ नं बाहिनी अड्डाको सहकार्यमा परासीस्थित गोरखदल गणले रु १५ लाखको लागतमा उक्त भवन निमार्ण गरेको हो । गोरख दल गणका गणपति प्रमुख सेनानी प्रणयजङ्ग मल्लले नेपाली सेनाले जनहितको कार्य गर्ने नीतिअनुरूप पुस्तकालय भवन निर्माण गरेको बताउनुभयो ।

बिज्ञापन

यसअघि गोरख दल गणका तत्कालीन प्रमुख सेनानी ज्ञानकाजी श्रेष्ठले करिब रु एक लाख बराबरका पुस्तक उक्त विद्यालयलाई हस्तान्तरण गर्नुभएको थियो ।

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel