देउखुरी (दाङ), ७ असार : दाङमा यस वर्ष धानखेतीका लागि रासायनिक मल अभाव नहुने भएको छ । आधाभन्दा बढी मल भित्रिसकेको र आवश्यकताअनुसार गोदाममा मौज्दातसमेत रहेकाले रासायनिक मल अभाव नहुने कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनका जिल्ला शाखाले जनाएका छन् ।

बिज्ञापन

जिल्लामा किसानले मकै र धानखेतीका लागि रासायनिक मल सहकारीमार्फत लैजाने गरेका छन् । सहकारी संस्थाको मागअनुसार गत वर्ष मकै र धानखेतीका लागि जिल्लामा कृषि सामग्री कम्पनीले युरिया पाँच हजार २० दशमलव चार सय मेट्रिकटन, डीएपी दुई हजार चार सय ५१ दशमलव चार सय मेट्रिकटन, पोटास एक हजार ७४ दशमलव छ सय मेट्रिकटन वितरण भएको कृषि सामग्री कम्पनी लिमिटेड घोराही शाखा प्रमुख टोपाराम गौतमले जानकारी दिनुभयो ।

बिज्ञापन

किसानले एक वर्षका लागि मल सञ्चित गर्ने बानी छोड्न उहाँले सुझाव दिनुभयो । “मल पर्याप्त मात्रामा आएको छ कृषि सहकारी संस्थालको माग अनुसार पालैपालो मल वितरण भइरहेको छ”, उहाँले भन्नुभयो, “धान रोप्ने बेला किसानले युरिया र डिएपी मिलाएर प्रयोग गर्नुपर्नेमा अर्को वर्षका लागि मल स्टक राख्न खोजेका कारण बेलाबेलामा समस्या हुन्छ ।”

यस वर्ष जेठ मसान्तसम्म कृषि सामग्रीमा चार हजार सात सय ५० दशमलव एक सय मेट्रिकटन युरिया, डीएपी दुई हजार आठ सय २४ दशमलव एक हजार तीन सय ५० मेट्रिकटन र पोटास दुई सय २४ दशमलव दुई सय ५० मेट्रिकटन आएर वितरण भइरहेको कार्यालय प्रमुख गौतमले बताउनुभयो ।

बिज्ञापन

तुलसीपुर क्षेत्रमा पनि मल पर्याप्त रहेको र कृषकले मल पाइराखेकाले यस वर्ष मल अभाव नहुने कृषि सामग्री कम्पनी तुलसीपुरका प्रमुख तीर्थराज न्यौपानेले जानकारी दिनुभयो । मल आउने क्रम जारी रहेकाले मल अभाव नहुने उहाँले बताउनुभयो । गत वर्षको तुलनामा यस वर्ष धेरै मल वितरण भएको र अझै एक महिना समय बाँकी हुँदा किसानले सहज रुपमा मल पाउने उहाँको भनाइ छ ।

साल्ट ट्रेडिङ दाङका प्रमुख रामबाबु गुप्ताले यो वर्ष मल अभाव नहुने बताउनुभयो । गत वर्ष युरिया ६२ हजार बढी बोरा र डीएपी २५ हजार बोरा बिक्री भएकोमा यस वर्ष अहिलेसम्म युरिया ६३ हजार, डिएपी ४० हजार बोरा बिक्री भएको उहाँले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel