अखिल(क्रान्तिकारी)ले अछाम पञ्चदेवल विनायक नगरपालिका–२मा एक किशोरीमाथि भएको बलात्कारमा संलग्नलाई कारबाही गर्न माग गरेको छ। अलिल (क्रान्तिकारी) ले बुधबार एक वक्तव्य जारी गर्दै घटनामा संलग्नलाई यथाशिघ्र कानुनी दायरामा ल्याइ कडा कारवाही गर्न माग गरेको हो।
बिज्ञापन
अखिल(क्रान्तिकारी)कि केन्द्रिय छात्रा बिभाग प्रमुख रुपा बुढामगरले वक्तव्य जारी गर्दै पीडित किशोरलाई तत्काल उपचारको व्यवस्था मिलान समेत भनिएको छ ।
बिज्ञापन
विज्ञप्तिमा छाउगोठहरू भत्काउन र छाउपडि जस्तो महिलाद्वेषी प्रथाको अन्त्यको लागि अग्रसर हुन समेत सबैमा आग्रह गरिएको छ। विज्ञप्तिमा भनिएको छ,‘हाम्रो संगठन त्यस घटनामा संलग्नलाई यथाशिघ्र कानुनी दायरामा ल्याइ कडा कारवाही गर्न र बलात्कृत किशोरीको उपचार तथा सामाजिक संरक्षण सुनिश्चितताको माग गर्दछ । साथै त्यसक्षेत्रमा रहेका सबै छाउगोठहरू भत्काउन र छाउपडि जस्तो महिलाद्वेषी प्रथाको अन्त्यको लागि अग्रसर हुन सबैमा अपिल गर्दछ ।’
बलात्कारको घटनालाई लुकाउन ती किशोरीलाई समयमै उद्धार र उपचारको साटो छारेरोग लागेर बेहोस भएको भनि स्थानीयहरू पन्छिएको भन्दै संगठनले खेद व्यक्त गरेको छ।
बिज्ञापन
विज्ञप्तिमा किशोरीहरू महिनावारीको समयमा घरमा स्वस्थ र सुरक्षित तवरले बस्न पाउने अधिकार विपरीत छाउगोठमा बस्नुपर्ने महिलाद्वेषी सामाजिक साँस्कृतिक मान्यताको ध्वंश गर्नुपर्ने समेत उल्लेख गरिएको छ।







