बैतडी, ३१ जेठ : बैतडीमा आजदेखि टी–१० भेट्रान डिसिएल खुला क्रिकेट प्रतियोगिता सुरू भएको छ । आज भएको पहिलो खेलमा आयोजक निङ्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमी विजयी भएको छ । उसले निङ्लाशैनी वारियरलाई आठ विकेटले पराजित गरेको हो ।

बिज्ञापन

निङ्लाशैनीले दिएको एक सय ४१ रनको लक्ष्य एकेडेमीले १९ दशमलव तीन ओभरमा दुई विकेटको क्षतिमा पूरा ग¥यो । निङ्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमीका लागि प्रतिक बोहराले अर्धसतकीय पारी खेले । ‘म्यान अफ दी म्याच’ घोषित भएका उनले अविजित ५१ रन बनाए । यस्तै सुशील बोहराले अविजित ३५ तथा दीपक बोहराले ३१ रन बनाए । बलिङतर्फ निङ्लाशैनीका मङ्गेश दयालले एक विकेट लिए

बिज्ञापन

यसअघि निङ्लाशैनी खेल मैदान, देहिमाडौँमा पहिला ब्याटिङ गरेको निङ्लाशैनी वारियरले निर्धारित १० ओभरको खेलमा आठ विकेट गुमाएर एक सय ४० रन बनाएका थियो । उसका लागि ऋषिकेश बोहराले अद्र्धशतकीय पारी खेल्दै ५८ रन बनाए । बलिङतर्फ निङ्लाशैनी ग्वाल्लेकका यज्ञराज भट्ट र डम्बर पुजाराले दुई दुई विकेट लिए ।

निङ्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमीले उक्त प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा ११ टोली सहभागी छन् । सहभागी टोलीलाई चार समूहमा विभाजन गरी खेल सञ्चालन भइरहेका आयोजक निङ्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमीका अध्यक्ष दीपेन्द्रबहादुर बोहराले जानकारी दिए ।

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel