पेरिस । लियोनलाई आफ्नो घरेलु मैदानमा सजिलै हराउँदै पेरिस सेन्ट जर्मेन (पीएसजी) लगातार तेस्रोपटक लिग वानको उपाधि जित्ने नजिक पुगेको छ । आइतबार भएको खेलमा पीएसजी ४–१ गोलले विजयी बन्यो । किलियान एम्बाप्पे बिना खेलको सुरुवात गरेको पीएसजीले खेलको तेस्रो मिनेटमा नै नेमान्जा माटिचको आत्मघाती गोलको मद्दतले अग्रता लिएको थियो । ३ मिनेटपछि लुकास बेराल्डोले टोलीको अग्रता दोब्बर बनाए । ३२ औँ मिनेटमा गोनकालो रामोशले तेस्रो गोल गरे । अर्नेस्ट नुमाहले लियोनका लागि एक गोल फर्काए पनि ४२ औँ मिनेटमा रामोशले अर्को गोल थप्दै टोलीलाई सहज जित दिलाए ।

बिज्ञापन

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel